काठमाडौं ।
बागमती प्रदेशका नव नियुक्त मन्त्रिपरिषद्को शपथ समारोह स्थगित गरिएको छ। २०८२ साउन १५ गते बिहीबार बिहान १:०० बजेका लागि तय गरिएको कार्यक्रम प्रदेश प्रमुखको अस्वस्थताका कारण अनिश्चितकालका लागि सारिएको हो।
प्रदेश प्रमुखको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यक्रम स्थगन गरिएको जनाइएको छ। समारोहको नयाँ मिति पछि जानकारी गराइनेछ।
सूचना बागमती प्रदेश प्रमुखको कार्यालय, हेटौंडाबाट जारी गरिएको हो।












प्रतिक्रिया