समयमै सूचना, बचाउ सम्भव


काठमाडौं ।

विज्ञहरूले नेपालले अवलम्बन गर्ने पूर्वसूचना प्रणाली सबै प्रकारका प्रकोपलाई समेट्ने बहुप्रकोप केन्द्रित बनाउनुपर्ने सुझाव दिएका छन्। काठमाडौंमा आयोजित कार्यशालामा उनीहरूले समयमै सूचना प्रवाह हुँदासमेत जनधनको क्षति रोक्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पानी, बाढी र हावाहुरीका घटनामा पूर्वसूचना दिन सकिने बताएका थिए। सरकारको सबैका लागि पूर्वसूचना प्रणाली कार्यक्रमलाई प्रभावकारी बनाउन बहुआयामिक दृष्टिकोण आवश्यक रहेको विज्ञहरूको भनाइ छ।