रास्वपाको संसदीय दलको भैरहवा बैठक भिजिट भिसा र भ्रष्टाचारमा केन्द्रित, आन्दोलनलाई जारी राख्ने निर्णय

2.44k
Shares

बुटवल। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्योसँग सम्बन्धित बेतिथि विरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । रास्वपाको बुधबारदेखि भैरहवामा सुरु भएको संसदीय दलको बैठकको पहिलो दिन यस्तो निर्णय गरेको हो ।

रास्वपा बैठकले भ्रष्टचार विरुद्धको आन्दोलन फराकिलो बनाउँदै सडक र सदन दुवैबाट गर्ने निर्णय समेत गरेको छ । आन्दोलनका आयाम  र रुपहरु परिवर्तन भएपनि नागरिकका साझा मुद्दा भएकाले सदन र सबैतिर उठाउने निर्णय रास्वपाको  छ । बैठकको पहिलो दिनको निर्णय सुनाउँदै राश्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्योसँग सम्बन्धित बेतिथि विरुद्धको आन्दोलनलाई जारी राख्ने बताए । 

प्रमुख सचेतक परियारले संसदीय समितिमा पार्टीका सदस्यहरुलाई भूमि सम्बन्धी विधेयक, निजामती सार्वभौम संसदलाई नैं आक्रमण गरिएको बताउँदै समितिमा सशक्त भएर आवाजहरू उठाउन पनि संसदीय दलले निर्देशन गरेको बताए । त्यस्तै बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुका समस्या, यहाँको पर्यटन व्यवसायमा आएको अफटयारो, खडेरीले किसानलाई परको मर्का, लुम्बिनीका भूमि सम्बन्धी मुद्दालाई पनि संसदमा उठाउने, प्रवाशी नेपालीलाई रास्वपासँग जोडने पार्टीका सांसदको भूमिका सरहना समेत गरेको छ । 

सर्वोच्च अदालतले प्रवाशी नेपालीहरुलाई मताधिकार दिने व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनको लागि समेत रास्वपाले सरकारसँग माग गरेको छ । रास्वपाको संसदीय दलको बैठक बिहीबार पनि चल्ने छ ।