भवन नभत्काए कानुनी उपचारमा जान्छौं : अभियन्ता कायस्थ
काठमाडौं।
पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रभित्र रहेको हनुमानढोका प्रहरी कार्यालयको भवन भत्काउन गृहमन्त्रालयलाई पत्राचार गर्ने भएको छ । संरक्षित स्मारक क्षेत्र तथा विश्वसमपदा हनुमानढोका दरबारक्षेत्रस्थित प्रहरी परिसरको जीर्ण भवन भत्काउने कि बनाउने सम्बन्धमा सरोकारवाला निकाससँग भएको छलफलमा सो निर्णय गरेको हो ।
पुरातत्त्व विभागमा हिजो मंगलबार बसेको बैठकमा भवन भत्काउने कि नभत्काउने विषयमा छलफल भएको थियो । विभागले हजारौ पर्यटकलाई गिज्याइरहेको प्रहरीको सो भवन भत्काउनुपर्ने राय दिएको थियो । बैठकमा सुरक्षा निकायले रेक्टोफिट गर्ने विषय उठाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अपिलराज बोहराले बडादशैमा मुलपुजा गरिने सो भवन रेक्टोफिट गर्ने धारणा राख्नुभएको थियो । बैठकमा गृह मन्त्रालयका प्रतिनिधिले सो भवनको विषयमा विस्तृत अध्ययन गर्नुपर्ने बताएका थिए । संस्कृति मन्त्रालय र विभागका प्रतिनिधिले भवन भत्काउनैपर्ने राय दिएका थिए । सोही रायको आधारमा विभागले आज बुधवार गृहमन्त्रालयलाई पत्र पठाउने भएको छ ।
प्रहरीको रेक्टोफिट गर्ने विषयमा विभागको उत्तर थियो – सिमेन्टको जोडाइले नयाँ निर्माण भएको सो भवन तत्कालै भत्काउनै पर्छ । बैठकमा अधिकांसले भवन भत्काएर पुरानै शैलीमा प्रहरीलेनै प्रयोग गर्नेगरी निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
विभागमा महानिर्देशक शौभाग्य प्रधानाङगले गृहमन्त्रालयको स्वामित्वमा रहेको सो भवन भत्काउनुपर्ने बताउनुभयो । भन्नुभयो–पुनःनिर्माण गरेर कामै छैन । पुरै पाताल गरेपछि कसरी र कस्तो भवन निर्माण गर्ने भन्ने विषयमा स्पष्ट खाका हुनुपर्छ । उहाँले निर्णय कार्यान्वयन गर्न सम्पुर्ण निकायसंग समन्वय गर्न निर्देशन दिइएको छ । उहाँका अनुसार जुनसकै बेला भत्कन सक्ने सो भवन भत्काउनै पर्ने निर्णय भएको बताउनुभयो । हामीले आज बुधवार गृहमा पत्राचार गर्नेछौ, त्यसपछि प्रकृया शुरु गर्नेछौ ।
सम्पदा अभियन्ता यादबलाल कायस्थले जुनसुकैबेला भत्कन सक्ने जीर्ण भवन भत्काउनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–भवन भत्काएर प्रहरीनै बस्नेगरी पुरातात्विक भवन निर्माण गर्नु उचित हुने धारणा राख्नुभयो । विभाग , संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र अभियन्ताले भवन भत्काउनैपर्ने अडान राखेका थिए । भने प्रहरीले रेक्टोफिट गर्नुपर्ने तर्क राखेको थियो ।
अभियन्ताको तर्फबाट बोल्दै रवि शाक्यले विश्वसम्पदासुचीमा रहेको हनुमानढोका दरकारक्षेत्रको सो भवन भत्काएर पुरातात्विक बनाउनुपर्ने सुझाब दिनुभएको थियो । बैठकमा बोल्दै विभागका प्रवक्ता रामबहादुर कुँवरले भवन के गर्ने भन्ने विषयमा सरोकारवालाको बैठकले निर्णय गर्ने बताउनुभयो । उहाँले धराप भवन भत्काएर पुरातात्विक भवन बनाउनुपर्ने बताउनुभयो । बैठकमा अभियन्ताको तर्फबाट श्ैलेश शाब्य, निरोज महर्जन, डा सितुलाल श्रेष्ठ, इन्द्र प्रसाद श्रेष्ठ, महेश महर्जन लगायतले पुरातात्विक क्षेत्रमा धराप भवन राख्नै नहुने बताएका थिए । गतवर्ष कातिक २० गते विभागको बैठकमा पुरातत्त्व विभाग विश्वसम्पदा शाखाले ३ बुँदे निर्देशन दिदै सो भवन मापदण्ड विपरीत रहेको र भूकम्पले जीर्ण समेत रहेकोले भत्काउन पत्राचार गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका स्वामित्वमा रहेको सो भवन ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । सानाठुला गरी ५ वटा संरचना रहेको भवन इट्टा पर्खालले घेरिएको छ ।पर्खाल पुर्ण रुपमा जीर्ण छ । मुख्य भवन भूकम्पले क्षतिग्रस्त अवस्थामा रहेको भएपनि हाल केही प्रहरी सो भवनमा बसिरहेका छन् । ५ वटा संरचनामध्ये उत्तरपुर्वी भागमा रहेको भवन जीर्ण अवस्थामा रहेको उल्लेख छ ।
महानिर्देशक प्रधानाङगले धराप सो भवन जुनसुकैबेला ढल्नसक्ने भएकोले भत्काउनुपर्ने निर्णय भएको बताउनुभयो । विभागको टोलीले सो भवन निरीक्षण गरी गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । यसअघि सम्पदा अभियन्ता कायस्थ लगायतले भवन भत्काउन आग्रह गर्दै विभाग, गृहमन्त्रालय र हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालयलाई पत्र पठाएको थियो ।
दरबारक्षेत्रको सौन्दर्य बिगारिरहेको सो भवन भत्काउने विषयमा कायस्थ सहितको टोलीले पटकपटक सरकारलाई आग्रह गरिरहेको छ । पूर्वमन्त्री महेश बस्नेत सहितको टोली भवन निरीक्षणमा पुग्दा भत्काउन आफूले पहल गर्ने बताउनुभएको थियो ।
‘संरक्षित स्मारक क्षेत्रको लागि लागु गरिएको संरक्षण एवं निर्माण सम्बन्धी मापदण्ड बमोजिम नरहेको सो जीर्ण एवं जोखिमयुक्त भवन, के कसरी कुन निकायसंग समन्वय गरी कुन मोडालिटीमा भत्काउने सिवषयमा यथासिघ्र राय दिन परिसरलाई आग्रह गरेको थियो ।
मापदण्ड विपरीत निर्माण भएको सो भवन भत्काएर सम्पदामैत्री बनाउने र उक्त भवनमा पर्यटन प्रहरीको कार्यालय राख्न प्रस्ताब गर्दै सम्पदाप्रेमीले जनस्तरबाटै सो भवन भत्काएर पुननिर्माण गर्न माग गरेका छन् । जीर्ण भवन तत्काल भत्काउन आग्रहगर्दै सम्पदा संरक्षण महाअभियानका अभियन्ताले जनस्तरबाटै भत्काएर पुनःनिर्माण गर्न माग गरेको छ । बिसं २०७२ सालको भूकम्पले क्षतिग्रस्त सो भवन पुर्ण रुपमा जीर्ण भैसकेको छ । जीर्ण सो भवनत्रिभ प्रहरी बसिरहेको छ । २०७२ सालअघि हनुमानढोका दरबार परिसरभित्र काठमाडौँ जिल्ला प्रहरी कार्यालय थियो ।
बिसं २०१५ सालमा निर्माण भएको सो भवन विश्व सम्पदाको मापदण्ड बिपरित छ । ‘विश्व सम्पदा क्षेत्रभित्र सांस्कृतिक , धार्मिक र पुरातात्विक एवं ऐतिहासिक संरचानाहरुले भरिपुर्ण क्षेत्रमा कुरुप भवनले बिश्वभरका पर्यटक गिज्याइरहेको छ । भवन जीर्ण र मानव बस्न लायकको नभएको भनी रातो लगाएको थियो । रेड स्टीकर लगाएको सो भवनमा बस्ने हुदैन, तैपनि प्रहरीहरु बसिरहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ स्थानान्तरण भएको ९ वर्ष पुगिसक्दापनि भवन भत्काउन कुनै निकायले चासो दिएका छैनन् ।
प्रहरी परिसर सिंहदरबार बाहिर स्थायी संरचनामा सरिसकेको छ । सम्पदा महाअभियानका अभियन्ताले भवनको भत्काउने विषयमा गृहमन्त्रालय,संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय, कामपा र पुरातत्त्व विभाग लगायतकानिकायले कुनै चासो नदेखाएको आरोप लगाएका छन् । हिजोको बैठकबाट भवन भत्काउने रायसहितको निर्णय भएको अभियन्ता कायस्थले जानकारी दिनुभयो । भन्नुभयो–जीर्ण भवन भत्काउनै पर्छ , यदि कुनै चासो नदेखाएमा कानुनी उपचारमा जान बाध्य हुने कायस्थको भनाई थियो ।











प्रतिक्रिया