भूमि आयोगले सर्वेक्षक खटायो

5.17k
Shares

पाँचथर। 

भूमि आयोग गठन गरी ३१ वर्षमा पाँचथर जिल्लामा २१ पटक गठन भइसकेको आयोगले सुकम्बासीलाई धनीपुर्जा दिन नसकेको भन्दै यसबर्ष समयमै धनिपुर्जा दिनेगरी अमिनिहरु स्थलगत नापजाचँ सुरु गरेको  छ ।

भूमि समस्या समाधान आयोग पाँचथर अध्यक्ष धनकुमार फियाका अनुसार भूमिहीन व्यक्तिलाई जग्गा धनी पुर्जा दिन पाँचथरको दुई पालिकामा अमिनि सहितको टोली जग्गा नापजाँच सुर गरेका हुन । पहिलो चरणमा भूमिहीन तथा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन जिल्लाको दुई पालिकामा सुरु गरेको अध्यक्ष फियाकको भनाइ छ ।

जग्गा नापजाँच तथा किक्ताकाँट गर्ने  अमिनी  र  सर्वेक्षक ६ जना स्थलमा खटिएकाछन् । उनीहरुले हिलिहाङ गाउँपालिकाको सात वडामा चारजनाको लागि २१ रोपनी आठआना जग्गा नापजाँच गरिसकेका छन् । मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर छ, सात र आठका भूमिहीन ६ जना र अव्यवस्थित ६५ जनाको दुईसय ८३ रोपनी ११ आना जग्गा नापजाँच गरेको टोली प्रमुख सर्वेक्षक अनिस पुनले बताए ।

भूमि आयोग पाँचथरले एकसय ११ भूमिहीन दलित, एकसय ४४ भूमिहीन सुक्कुमबासी र ६हजार ६ सय ४० अव्यवस्थीत बसोबासको लगत विवरण संकलन भएकाछन् । विवरण संकलन भएका मध्ये एकसय एक भूमिहीन दलित, एकसय ६ भूमिहीन सुकम्बासी र चार हजार नौसय एक अव्यवस्थित लगत विवरण प्रविष्ट भइसकेको नापी प्रमुख उमेस नेम्बाङले बताए ।