सर्लाही।
मधेसमा लामो समयसम्म पानी नपरेपछि थारु परम्परा अनुसार मंगलबार दुईजना संसदले खेतमा हलो जोतेका छन् । थारु परम्परा अनुसार नै रामनगरका महिलाले सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी र प्रदेशसभा सदस्य उर्मिला सिंह थारुलाई हलो जोत्नु खेत लगेका थिए।
दुईजना महिलालाई अघि जुवामा नारेर संसदले ईश्वरपुर नगरपालिका–९, रामनगरमामा हलो जोतेका हुन।तराई मधेसमा वर्षा नभएर चिन्तित थारु समुदायले परम्परा अनुसार वर्षाको कामना गर्दै हलो जोत्ने चलन छ।
थारु समुदायमा वर्षा नहुँदा खेतिपाती प्रभावित हुने हुँदा परम्परागत रूपमा सामाजिक अगुवालाई ‘जिम्मेवार’ मान्दै हलो जोत्न लगाउने चलन रहेको स्थानीय धनजित चौधरीले बताए । स्थानीय महिलाले ससदलाई हलो समात्न लगाइएको थिए। स्थानीयले खेतमा महादेवको पूजा गरेर वर्षाको कामना गरेका छन्।लामो खडेरीका कारण अहिलेसम्म सर्लाहीमा ४७ प्रतिशत मात्र रोपाइँ भएको छ।











प्रतिक्रिया