आयुर्वेद र होमियोपैथिक उपचारमा बिरामीको आकर्षण

2.35k
Shares

उदयपुर ।

 उदयपुरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा होमियोप्याथी उपचारसेवा संचालनमा आएपछि आयुर्वेदसँगसँगै होमियोप्याथी उपचारमा पनि बिरामीहरुको आकर्षण बढ्दै गरेको पाइएको छ । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उदयपुरले आर्थिक वर्ष २०८१ । ०८२ को साउनदेखि २०८२ असार मसान्तसम्ममा ४ हजार ८५ जना महिला र ३९४८ जना पुरुष गरी जम्मा ८ हजार ३३ जनाले ओपिडी सेवा मार्फत उपचार गराएको जनाएको छ । 
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा १ हजार ४सय ९२ जना जेष्ठ नागरिकले सेवा लिएको,पैयोगशाला सेवा १ हजार ५ सय ५ जनाले लिएको पूर्वकर्म पंचकर्म सेवा ३ हजार ४१ जनाले लिएका छन् । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा अहिले दैनिक ३ जनादेखि ४० जनासम्म बिरामीहरू उपचारकालागि आउने गरेको जानकारी दिंदै आयुर्वेद डाक्टर सञ्जीव कुमार रामले उदयपुर जिल्ला बाहेक सुनसरी, खोटाङ, सप्तरी, सिराहा, सिन्धुली लगायतका जिल्लाका बिरामीहरू उपचारका लागि आउने गरेको बताए । 
त्रियुगा नगरपालिका  वडा नं १२ का लक्ष्मणप्रसाद साह केही वर्ष अघिदेखि घुँडा,ढाँड दुख्ने कम्बर दुख्ने हात खुट्टा दुख्ने र पायल्स रोगबाट पीडित भएका थिए । तर अहिले आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्न थालेपछि निकै राम्रो र सुधार भएको उनले बताए। 

आफू तीन वर्षदेखि आयुर्वेद अस्पतालमा उपचारका लागि आउने गरेको र टाउको पछाडि ट्युमर पनि रहेको हुँदा यहाँ उपचार गराएपछि बिस्तारै निको हुँदै गएको लक्ष्मण साहले बताए ।

यसैगरी त्रियुगा नपा १० की २८ वर्षिय सम्झना भुजेल पनि पायल्सका कारण उपचारमा आएकी हुन । उनले आफूलाई २ वर्षदेखि पायल्स ले सताएको माछा मासु खाँदिन अन्य खाने कुरा पनि खान हुँदैन ओषधी खाइरहेका छु तर ठिक नभएकोले पुनः अस्पताल आएको बताइन ।

सप्तरी फत्तेपुरका गजानन्द साहले आफूलाई सुगर रोगले सताएको र बिराटनगरमा उपचार गराएको जानकारी दिदै आयुर्वेद पद्धतीको उपचार गराउनकालागि यहाँ आएको बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गाईघाट उदयपुरकी होमियोपैथिक डाक्टर चाँदताराले यहाँ उपचारकालागि दैनिक ५,७ जना उपचारकालागि आउने गरेको र रोग निको भएपछि पहिलेका बिरामीले नै पछि पाँछ ५ जना अरु नयाँ बिरामी लिएर आउने गरेको बताइन ।

उनले डेढ वर्ष अघिदेखि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा होमियोपैथिक उपचार सेवा शुरु भएको र आफू २ महिना अघि मात्र यहाँ आएको भए पनि बिरामीहरू म्याजुली फाइटिस, कोली फाइटिस, ज्वरो, ग्यास्टिक।, दमका बिरामी आउने र धेरे जनालाई लिएर आउने गरेको, राती सुतेको समयमा पिसाव फेर्ने जस्ता समस्याका बिरामीहरू उपचारकालागि आउने गरेको बताइन ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गाईघाट, उदयपुरका कार्यालय प्रमुख डाक्टर गम्भिर झाका अनुसार पहिले सगरमाथा अञ्चल आयुर्वेद अस्पतालका रुपमा रहेको हालको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पुराना पुराना बिरामीहरू उपचार गर्न आउने गरेको र टाढा टाढाबाट सेवा लिन आउने गरेको बताए । 
उनले यहाँ बहिरंग सेवा, उपचारात्मक योग सेवा,स्वस्थ्य जीवन परामर्श सेवा, स्तनपायी आमा तथा मातृशिशु सुरक्षात्मक सेवा,जेष्ठ नागरिक स्वास्थ्य संरक्षण तथा प्रवद्र्धनात्मक सेवा, पञ्चकर्म सेवा, क्षारसुत्र सेवा,प्याथोलोजी सेवा,सुल्क फार्मेसी सेवा,निmशुल्क फार्मेसी सेवा, र होमियोपैथी सेवा संचालनमा रहेको बताए ।