काठमाडौं ।
देशकै सबैभन्दा पुरानो र विशाल सरकारी स्वास्थ्य संस्था वीर अस्पतालले आज आफ्नो १३६ औं स्थापना दिवस प्रधनमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा धूमधामसँग मनाउनेछ। विसं १९४७ साउन १२ गते श्री ३ वीर शमशेरको पहलमा स्थापना भएको यो अस्पतालले एक वर्षको अवधिमा उल्लेखनीय मात्रामा स्वास्थ्य सेवा प्रवाह गरेको छ।
वर्तमान अबस्थामा १,००० भन्दा बढी शैयासहित सञ्चालनमा रहेको वीर अस्पतालले आर्थिक वर्ष २०८१|०८२ मा कुल ६ लाख ४७ हजार २१५ जनालाई बहिरंग सेवा (OPD) प्रदान गरेको छ। यो तथ्यांकमा नियमित जाँचका लागि आएका नयाँ तथा पुराना दुवै खालका बिरामी समावेश छन्।
गम्भीर अवस्थामा आउने बिरामीका लागि अस्पतालको आकस्मिक कक्ष पनि सक्रिय छ। ३५ हजार १४१ जनाले आकस्मिक सेवा लिएका छन्। त्यस्तै, २१ हजार २२४ जनाले अस्पतालमा भर्ना भएर सेवा लिएका छन्।
शल्यक्रिया सेवा क्षेत्रमा पनि वीर अस्पतालले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। गत वर्ष २६ हजार ४४६ शल्यक्रिया सम्पन्न गरिएको छ, जसमा सामान्यदेखि जटिलसम्मका शल्यक्रियाहरू सामेल छन्।
प्रयोगशाला र निदानात्मक सेवामा उल्लेखनीय योगदान
निदानात्मक सेवामा अस्पतालको प्रभावशाली उपस्थिति देखिएको छ। एक वर्षको अवधिमा १२ लाख ७१ हजार १९८ वटा प्रयोगशाला परीक्षणहरू गरिएको तथ्यांक छ।
उपलब्ध अन्य प्रमुख निदानात्मक सेवाहरू यस प्रकार छन्
सीटी स्क्यान: १६,९९९ जना
एमआरआई:८,०२० जना
अल्ट्रासाउन्ड: ६१,८२५ पटक
इन्डोस्कोपी: ६,६१० जना
कोलोनोस्कोपी: १,८७६ जना
इको कार्डियोग्राफी: १६,२९७ पटक
कोरोनरी एन्जिओप्लास्टी: ८५ जना
कोरोनरी एन्जिओग्राफी: ३६६ जना
मृगौला प्रत्यारोपण: २६ जना
टोमोथेरापी (रेडियो थेरापी): २८९ जना
फाइव्रो स्क्यान: ८१५ जना
फिजियोथेरापी: १७,०२० पटक
सीमित स्रोतबीच सेवा प्रवाहको कुशलता
वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० अन्तर्गत सञ्चालन हुँदै आएको छ। न्याम्सका उपकुलपति प्रा। डा। भुपेन्द्र बस्नेतका अनुसार, “सिमित साधन(स्रोतका बीचमा पनि वीर अस्पतालले सेवा प्रवाहमा चुस्तता देखाएको छ।”
उनका अनुसार अहिले अस्पतालमा दैनिक ३ हजार बिरामीले बहिरंग सेवा लिइरहेका छन्। प्रा.बस्नेतले भने, “हामी अझ प्रभावकारी सेवा विस्तारतर्फ केन्द्रित छौं। टेक्नोलोजी, दक्ष जनशक्ति र पूर्वाधारको विकासमार्फत सेवा अझै गुणस्तरीय बनाइनेछ।”
गौरवशाली इतिहास, जिम्मेवार भविष्य
१५ शैयाबाट सुरु भएको वीर अस्पताल आज एक हजारभन्दा बढी शैयाको संस्थामा रूपान्तरण भएको छ। जनस्वास्थ्यको आधारशिला मानिने यस अस्पतालले लाखौं नागरिकलाई निःशुल्क वा न्यून शुल्कमा उपचार सेवा दिँदै आइरहेको छ।
यस वर्षको स्थापना दिवसमा अस्पतालले आन्तरिक समीक्षा, सेवा सुधारका योजना र बिरामीमैत्री प्रविधि विस्तारमा केन्द्रित रहने प्रतिबद्धता जनाएको छ।
वीर अस्पतालले समयानुकूल आफूलाई अद्यावधिक गर्दै जाँदा, देशका दुर्गम क्षेत्रका बिरामीलाई समेत सेवा पुर्याउने रणनीति बनाएको उपकुलपति बस्नेतले बताए। “वीर अब केवल इतिहास होइन, भविष्य निर्माणको आधार पनि हो,” उनले थपे।
तथ्यांक सारांश
बहिरंग सेवा : ६,४७,२१५
आकस्मिक सेवा: ३५,१४१
अन्तरंग सेवा (भर्ना) : २१,२२४
शल्यक्रिया: २६,४४६
प्रयोगशाला परीक्षण: १२,७१,१९८
दैनिक बहिरंग सेवा लाभग्राही: करिब ३,०००
वीर अस्पतालको सेवा विस्तारको यो यात्राले देशकै स्वास्थ्य सेवा प्रणालीमा गहिरो प्रभाव पारेको छ। सीमित स्रोतबीच निरन्तर गुणस्तरीय सेवाको प्रवाह गर्नु वीरको परिचय बनेको छ। यसले अस्पतालको १३६ वर्षे इतिहासलाई केवल स्मृतिमा सीमित नराखी भविष्यप्रति आशावादी बनाएको छ।











प्रतिक्रिया