काठमाडौँ ।
देशभर जारी अविरल वर्षाका कारण आठ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको कोशी राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, अरनिको राजमार्ग, रुकुम, हुम्ला, जाजरकोट, र नुवाकोट लगायतका क्षेत्रमा सडक अवरुद्ध भएका हुन्।
त्यस्तै, काठमाडौँ–नुवाकोट सडकखण्ड, बाग्लुङ, नवलपरासी, मुस्ताङ र रोल्पाका केही राजमार्गहरू एकतर्फी सञ्चालनमा रहेका छन्। बाढीपहिरोका कारण सडक आवागमनमा समस्या भएको छ भने सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयास गरिरहेका छन्।











प्रतिक्रिया