काठमाडौं ।
काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक एकासी खोला बढेपछि फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीलाई नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले सकुशल उद्धार गरेको छ।
घटना बिहान करिब २:३० बजे भएको हो। उद्धार कार्यमा अन्य सुरक्षा निकाय र स्थानीयको पनि सक्रिय सहयोग रहेको थियो।












प्रतिक्रिया