काठमाडौं ।
जनकपुरबाट काठमाडौँ उडिरहेको यती एयरलाइन्सको जहाजमा अचानक एक नवजात शिशुको स्वास्थ्य बिग्रियो। जन्मजात मुटुरोगबाट पीडित शिशुको शरीर उडानकै क्रममा निलो हुँदै गएपछि अभिभावक आत्तिएका थिए।
भाग्यवश जहाजमै रहेका लहान प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.रञ्जित झाले तुरुन्त अक्सिजन दिनेदेखि आवश्यक प्राथमिक उपचार, अभिभावकलाई मानसिक सहयोग तथा शिशुलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउन सहयोग गरे।
यस्तो विषम परिस्थितिमा आफ्ना ज्ञान र सिप प्रयोग गरेर जीवन बचाउने डा.झालाई धेरै धन्यवाद। उहाँको मानवीय सेवा भाव प्रशंसनीय छ।











प्रतिक्रिया