देशभर मनसुनी वर्षा, सतर्कता अपिल


काठमाडौ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अहिले विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा केही तराई भूभागहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।