काठमाडौं।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनको उल्लङ्घन गरेको ठहर गर्दै दुई संस्थालाई लाखौँ रुपैयाँ जरिवाना र अन्य नौ संस्थालाई स्पष्टीकरणका लागि विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
विभागद्वारा आइतबार गरिएको अनुगमन निरीक्षणका क्रममा युनिग्लोब हाईयर सेकेन्डरी स्कूल, काठमाडौंलाई २ लाख ५ हजार र प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रा.लिलाई १ लाख जरिवाना गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ। दुवै संस्थालाई जरिवाना संँगै व्यवसायसम्बन्धी कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन समेत भनिएको छ।
अन्य नौवटा संस्था—भ्याली इन्टरनेशनल इन्स्टिच्युट अफ स्टडी अब्रोड, क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी, छाङमी एजुकेशन, जे.एन.जे एजुकेशन, एचआईके भिजन, नमस्ते युनिफर्म एन्ड सप्लायर्स, फाइभ स्टार रेस्टुरेन्ट एन्ड बार, गेट थ्रू गाइड इन्टरनेशनल एजुकेशन फाउन्डेशन र ग्लोबल स्ट्रीट कन्सल्टेन्सीलाई व्यवसायसम्बन्धी कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम कारबाही तथा निर्देशन दिएको हो। ऐनको उल्लङ्घन गर्ने व्यवसायीहरूलाई अब उपभोक्ताको हकहित विपरीत व्यापार नगर्न चेतावनी दिइएको छ।












प्रतिक्रिया