काठमाडौं ।
देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले अधिकांश क्षेत्रमा बदली भएको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ। तर दोलखा, सिन्धुपाल्चोक, डोटी, अछाम, कालिकोट लगायत जिल्लाबाट बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहेको छ।
रामेछाप, सोलुखुम्बु, रसुवा, कास्की, रुकुम, जाजरकोट, डोल्पा, बझाङ लगायत जिल्लाहरूमा पनि साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।













प्रतिक्रिया