उदयपुर ।
जिल्ला प्रशासन कार्यालय उदयपुरमा आर्थिक वर्ष २०८१ ।०८२ मा पत्रपत्रिका तथा छापाखाना दर्ता शून्य रहेको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८१।०८२ मा ४ करोड ७० लाख ५२ हजार ४सय विभिन्न शिर्षकबाट राजस्व संकलन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको वार्षिक प्रगति विवरणमा आ. ब २०८१।०८२ मा पत्रपत्रिका तथा छापाखाना दर्ता नभएको उल्लेख छ । राहदानी शुल्कबाट ४ करोड ६३ लाख ८५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट ५ लाख ६२ हजार १सय ५० र हातहतियार नवीकरण दस्तुरबाट १ लाख ५ हजार २सय ५० रुपैया गरी जम्मा ४ करोड ७० लाख ५२ हजार४ सय राजस्व संकलन भएको प्रगति विवरणमा उल्लेख छ ।
यसैगरी अन्य प्रगति विवरणमा वंशजका आधारमा नयाँ नागरिकता प्रमाणपत्र १० हजार १ सय ६४ जनालाई वितरण गरिएकोमा ६ हजार ४सय ३८जना महिला र ३ हजार ६ सय ९६ जना पुरुष रहेका छन । वैवाहिक अंगीकृत नयाँ नागरिकताको प्रमाणपत्र ८ जना महिलाले लिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी गैर नेपाली आवासिय नागरिकता ६ जना पुरुष र ६ जना महिला गरी १२ जनाले लिएका छन् । नागरिकताको प्रतिलिपि ३ हजारर ९सय ३५ महिला र २ हजार ८सय ३१ जना गरी जम्मा ६ हजार ७ सय ६६ जनाले दिएका छन् । नावालक परिचयपत्र ७६ जना महिला र ८३ जना पुरुष गरी जम्मा १५९ जनाले लिएका छन् । राहदानी आवेदन संकलन २ हजार ७ सय २७ महिला र ५हजार ५सय ६१ पुरुष गरी जम्मा ८हजार २सय ८८ वटा , राहदानी वितरण २हजार७सय२२ महिला र ५हजार६सय ४२ गरी ५हजार ३सय ६४ थान भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
अहिले नागरिकले सेवा लिदा अनिवार्य गरिएको राष्ट्रिय परचयपत्र विवरण दर्ता १२ हजार ५ सय ४७ महिला र १६ हजार २ सय ३६ पुरुष गरी जम्मा २८ हजार ७ सय ८३ जनाको भएको छ । वितरण २हजार ३सय२२ जना महिलालाई र ३ हजार ६सय १६ जना पुरुषलाई गरिएको छ ।
यसैगरी सिफारिस तर्फ दलित आदिबासी जनजाती तथा अन्य सिफारिस २ हजार १सय २ वटा, भारतीय, ब्रिटिस पेन्सन सिफारिस७९, ठाडो उजुरी १सय २२ , संस्था दर्ता २३ नवीकरण १सय७३ वटा भएको विवरणमा उल्लेख छ ।
हातहतियार नवीकरण ११ वटा, संस्था खारेज १, साहित्यिक पत्रिकाको दर्ता खारेज १, ड्रोन अनुमती १ , नयाँ मुद्दा दर्ता ७९, मुद्दा फछ्यौट ७०, बजार निरीक्षण १७ पटक २ सय ७ पसलमा,सरकारी कार्यालय निरीक्षण ४ पटक, कार्यालय प्रमुखको बैठक १२ वटा र विपद् व्यवस्थापन बैठक ८ पटक बसेको उक्त प्रगति विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी आ. ब २०८१।०८२ मा जिल्ला सुरक्षा समितिको बैठक ३८ पटक, कार्यालय कर्मचारी बैठक १२ पटक, विकास आयोजनाको अनुगमन ५ पटक गरिएको सो प्रगति विवरणमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया