काठमाडौं ।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १: १५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिनेछ।
त्यसैगरी, आज अर्थ, कृषि सहकारी, शिक्षा स्वास्थ्य सूचना प्रविधि, सार्वजनिक लेखा, र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी पाँचवटा संसदीय समितिको पनि बैठक बस्नेछ। समितिहरूले बजेट सिफारिस, भूमि विधेयक, मिडिया काउन्सिल, महालेखा प्रतिवेदन तथा संसद् भवन निर्माणको प्रगतिबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ।











प्रतिक्रिया