बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं ।

ललितपुरको बालकुमारीमा शनिबार बिहान मिनी ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकले बाटो काट्दै गरेकी २४ वर्षीया सुस्मिता भुजेललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते अवस्थामा बि एन्ड बी अस्पताल पुर्‍याइएकी उनलाई बिहान ४:४३ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। ट्रक चालक २२ वर्षीय राजेश मगरलाई नियन्त्रणमा लिइएको छ।