काठमाडौ ।
रूकुम पश्चिमस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये थप एक जनाको शव फेला परेको छ। रूकुम पूर्व सिस्ने गाउँपालिका–८ का २० वर्षीय टिपर चालक हरि विकको शव सुर्खेतको भेरी गंगा नगरपालिका–२ खोजीस्थित भेरी नदीमा फेला परेको हो। शव शनिबार बिहान उनका बाबुले सनाखत गरेका हुन्।
यसअघि शुक्रबार दाङका टिपर चालक मनिराम चौधरीको शव पनि सोही क्षेत्रमा फेला परेको थियो। दुबै शव घटनास्थलभन्दा झन्डै ६० किलोमिटर तल फेला परेका हुन्।
हाल सानीभेरी गाउँपालिका–३ का धनविर बराइली बेपत्ता छन्। भेरी नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। घटना साउन ६ गते बेलुका रूकुम पश्चिमको पिपलचौरस्थित भेरी नदीमा टिपर खसेपछि भएको हो।











प्रतिक्रिया