नेपालगन्जमा युवकद्वारा प्रेमिकाको हत्या


काठमाडौं ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा ३३ वर्षीय प्रकाश सुनारले १९ वर्षीया प्रेमिका निर्मला थापाको हत्या गरेका छन्। उनीहरू केही वर्षदेखि सँगै बस्दै आएका थिए। प्रहरीका अनुसार प्रकाशले निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरेका थिए र घटनापछि फरार भएका थिए।

प्रकाशले हत्या गरेको एक दिनपछि मृतकका परिवारलाई फोनमार्फत जानकारी दिएपछि प्रहरीमार्फत धम्बोझी नजिकैबाट नियन्त्रणमा लिइएको हो। उनका अनुसार निर्मला कान्छी श्रीमती भएको बताएका छन्। हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

निर्मला सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन् भने प्रकाश स्वस्तिक कटेजमा काम गर्थे।