प्रचण्डको आरोप : निजामती विधेयकमा अन्तिममा एमालेले म्याउँ गर्‍यो


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा रहेको २ वर्षे कुलिङ पिरियडको विषयमा एमालेले अन्तिममा म्याउँ गरेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा उनले एमालेले विधेयकमा षड्यन्त्रपूर्वक छेडखानी गरेको र यसको जिम्मेवारी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

प्रचण्डले संसदीय छानबिन समितिलाई प्रधानमन्त्री स्वयंलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने माग गर्दै एमाले सांसदहरूले विधेयकमा संशोधनमार्फत नियतपूर्वक हस्तक्षेप गरेको दाबी गरे।