काठमाडौं ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ अमलटारीमा खोलाले बगाएर बेपत्ता भएका गगनबहादुर भण्डारीको शव फेला परेको छ। शुक्रबार राति करिब ८:४५ बजे खेतमा पानी लगाइरहेका बेला झिगुखोलाको बाढीले उनलाई बगाएको थियो।
बेपत्ता भएपछि स्थानीय बासिन्दा, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर खोजी गरेका थिए। आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार उनको शव सुनकोसी नदी किनारमा फेला परेको छ।
स्थानीय स्रोतका अनुसार शवको टाउकोमा सामान्य चोट र कानबाट रगत बगेको देखिएको छ। गगनबहादुर सक्रिय कृषकका रूपमा परिचित थिए।
जिल्ला प्रशासन कार्यालयले सुनकोसी नदी आसपासका बासिन्दालाई सतर्क रहन पुनः आग्रह गरेको छ।











प्रतिक्रिया