उपप्रधानमन्त्री सिंहद्वारा लुम्बिनी संरक्षणमा सबैको सक्रियता आवश्यक


काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवर्द्धनमा सबैले सक्रिय भूमिका निभाउनुपर्ने बताएका छन्। काठमाडौंमा शनिबार सम्पन्न नेपाली बौद्ध समुदायद्वारा आयोजित सुपोत महास्थथवीर सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन्।

सुपोत महास्थथवीरलाई थाइल्यान्ड सरकारले लुम्बिनीमा गरेको धार्मिक र सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको छ भने नेपाली बौद्ध समुदायले पनि उहाँलाई अभिनन्दन गरेको छ। उपप्रधानमन्त्री सिंहले महास्थथवीरले लुम्बिनीको संरक्षण र बुद्ध धर्म प्रवर्द्धनमा निरन्तर योगदान गर्दै आएको भन्दै त्यसलाई उच्च मूल्याङ्कन गर्नुपर्ने बताए।

उहाँले बुद्ध धर्म र लुम्बिनीलाई आपसमा घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै, बुद्धिजमको विकास र लुम्बिनी संरक्षण दुवैमा सबैको सहयोग आवश्यक रहेको पनि बताए।