स्कुटर दुर्घटनामा पूर्वनगरप्रमुख टीपी तिमल्सिना गम्भीर घाइते


काठमाडौं ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बीस किलोमा दुई स्कुटर आपसमा ठोक्किँदा पूर्वनगरप्रमुख टीपी शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन्। शनिबार बिहान बीपी राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडौं जाँदै गरेको स्कुटर र तिमल्सिना सवार स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मिन घलेले जानकारी दिए। स्कुटर उनका छोरा किशोर तिमल्सिनाले चलाइरहेका थिए, जसमा टीपी तिमल्सिना पछाडि सवार थिए। किशोर र अर्को स्कुटर चालक निमा तेम्वा थोकर सामान्य घाइते भएका छन्। थोकको उपचार मेथिनकोट अस्पतालमा भइरहेको छ।