काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका चार मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठलाई शुक्रबार साँझ बर्खास्त गरिएको हो।
ती मन्त्रीहरूले दिउँसो ह्वाट्सएपमार्फत राजीनामा बुझाएको दाबी गरे पनि मुख्यमन्त्रीसँग प्रत्यक्ष सम्पर्क नभएकाले कारबाही गरिएको कांग्रेस उपनेता रामकृष्ण चित्रकारले बताए।
मुख्यमन्त्री विरुद्ध कांग्रेसका २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन्। इन्द्रबहादुर बानियाँलाई नयाँ दल नेता बनाउने उद्देश्यसहित हस्ताक्षर संकलन भएको हो। पार्टीभित्रको शक्ति संघर्ष चुलिँदा अबको निर्णय पार्टी केन्द्रीय समितिले गर्ने चित्रकारको भनाइ छ।
यी हुन् मुख्यमन्त्री लामाविरूद्ध हस्ताक्षर गरेका सांसदहरू:
१. ईन्द्रबहादुर बानियाँ
२, शिवराज अधिकारी
३. कञ्चनचन्द्र बादे
४. दीपेन्द्र श्रेष्ठ
५. पुकार महर्जन
६. विनु रायमाझी पौडेल
७. यमुनादेवी श्रेष्ठ
८. माया श्रेष्ठ
९. उर्मिला नेपाल
१०. शान्ता ढकाल
११. प्रभात तामाङ
१२. छिरीङ दोर्जे लामा
१३. मीना पराजुली
१४. याङ्गकिला शेर्पा
१५. मीनकृष्ण महर्जन
१६. बिमल ठकुरी
१७. मदुकुमार श्रेष्ठ
१८. सुरजचन्द्र लामिछाने
१९. सुरेश श्रेष्ठ
२०. श्रीराम लामिछाने
२१. सुना परियार।











प्रतिक्रिया