म्याग्दी ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८१|८२ मा पर्यटन पूर्वाधार निर्माण अन्तर्गत १० वटा योजनामार्फत ४.३१ किलोमिटर पदमार्ग निर्माण गरेको छ। योजनाका लागि विनियोजित १ करोड २० लाख बजेटमध्ये ९६ लाख २९ हजार रुपैयाँ खर्च भएको छ।
योजनामार्फत मल्कवाङ, कालीबराह मन्दिर, माँझखर्क, नागीदेवी मन्दिर, खोप्रा लेक, बिम तल्लोगाउँ, थाकनपोखरी लगायत स्थानमा पक्की तथा कच्ची पदमार्ग, सिँढी, विश्रामस्थल, रेलिङ, आश्रयस्थल, पर्खाल, पर्खाल र नालाजन्य संरचना निर्माण भएका छन्।
पर्यटन प्रवर्द्धनका लागि आवश्यक संरचना निर्माण भएसँगै स्थानीयवासी र पर्यटकलाई आवतजावतमा सहज भएको कार्यालय प्रमुख अमृत कँडेलले जानकारी दिए।











प्रतिक्रिया