काठमाडौं ।
कर्णाली प्रदेशका ग्रामीण बासिन्दा अझै पनि जोखिमपूर्ण तुइन चढेर विद्यालय, अस्पताल, बजार र दैनिकीका लागि यात्रा गर्न बाध्य छन्। जाजरकोट, हुम्ला, डोल्पा, कालीकोटजस्ता जिल्लाहरूमा जीर्ण तुइन चढ्ने क्रम जारी छ, जसले विगत केही वर्षमा दर्जनौंको ज्यान लिएको छ।
प्रदेश सरकारले २०८२|८३ भित्र कर्णालीलाई पूर्ण तुइनमुक्त बनाउने घोषणा गरे पनि हाल ५२ भन्दा बढी स्थानमा तुइन सञ्चालनमा छन्। निर्माणाधीन पुलको काम ढिलो, बजेट अपुग, र नेताहरूको चुनावी प्रतिबद्धता कार्यान्वयन नहुँदा तुइन विस्थापन अभियान प्रभावहीन देखिएको छ।
जनताले बारम्बार माग गर्दा पनि अहिलेसम्म तुइन विस्थापित हुन नसक्नु राज्यको अकर्मण्यता र उपेक्षा हो भन्ने टिप्पणी स्थानीय र विश्लेषकहरू गर्दै आएका छन्।












प्रतिक्रिया