फरार रहेका नापी अधिकृत साहले पाए उन्मुक्ति

22.65k
Shares

रौतहट ।

ठगी आरोपका एक सरकारी अधिकृतले उन्मुक्ति पाएका छन । ठगी गरेको रकम जग्गा साझेदार लाई फिर्ता गरेपछि ती अधिकृतले उन्मुक्ति पाएका हुन । काठमाडौं स्थीत नापी कार्यालय डिल्लीबजार अन्तर्गत टोखा टोली प्रमुख सञ्जय साहले रौतहटको गरुडा नगरपालिका –६ पोठियाही निबासी सन्तोषकुमार चौधरी संगको संयुक्त लगानीमा काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको नामको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन खरिद गरेको बर्ष दिन नपुग्दै नापी अधिकृत साहले एकलौटी बिक्री गरेर ठगी गरेको आरोपमा कारबाही बाट उन्मुक्ति पाएका हुन ।

साझेदारीमा खरिद गरेको उक्त जमिन एकलौटी बिक्री गरेर ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले गएको जेष्ठ १३ गते जिल्ला अदालत गौर बाट पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका नापी अधिकृत साहले १ करोड ४ लाख रुपैया पीडित लाई बुझाएपछि उन्मुक्ति पाएका हुन । नापी अधिृकत साहका प्रतिनिधि जीतनारायण साहले जग्गा धनीको छोरा धीरज श्रेष्ठको नाममा जम्मा गरेको उक्त रकम पीडित संतोष चौधरीको श्रीमती अजीता कुमारी चौधरीको जम्मा बैक खातामा रकम जम्मा गरेपछि उनले उन्मुक्ती पाएको प्रहरीले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएपछि गत असाढ १५ गते सम्म बिदा बसेर कार्यालय देखि प्रहरीको नजरमा फरार रहेका नापी अधिकृत साह एकैपल्ट श्राबण ७ गते प्रहरीको सम्पर्क आएर मुध्दा बाट मुक्ति पाएका छन तर २७ दिन सम्म कार्यालयमा गैर हाजिर हुदा उनलाई बिभागले जोगाएको छ । लगातार ९० दिन गैर हाजिर हुदा मात्र बिभागिय कारबाही हुने प्राबधान रहेको नापी कार्यालय डिल्लीबजारका प्रमुख डिल्लीराज भण्डारीले बताउनु भयो ।

निजामती सेबा नियमाबलीको प्राबधान अनुरुप हुने उहाले बताउनु भयो । कार्यालयमा हाजिर नभएका नापी अधिकृत साहको कारण सेबाग्रही मर्कामा पर्दै आएपनि बिभागले सेबाग्रही भन्दा पनि आफनो कर्मचारी जोगाएको आरोप रहेको छ । रकम पाएपछि प्रहरीले अनुसन्धानको मिसिल पेश गरेपछि जिल्ला सरकारी वकिलको कार्यालय गौरले मुध्दा नचल्ने निर्णय गरेको हो । न्यायधिबक्ता मोहम्मद मुन्नाका अनुसार पीडितले रकम पाएर मिलापत्र गर्न चाहेमा मिलापत्र हुने प्राबधान रहेको बताउनु भयो ।

नापी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहदा किताकाट देखि बिचौलिया संगको मिलोमतोमा जग्गाको कारोबार गर्दै आएका साहले अकुत सम्पति जोडेको आरोप समेत रहेको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले ठगिएको रकम पीडितले फिर्ता पाउदा मिलापत्र हुने कानुनी प्राबधान रहेको बताउनु भयो ।