७ वर्षमा पाँच गृहमन्त्री, छ प्रहरी प्रमुख फेरिए, ६०० भन्दा बढीसँग सोधपुछ र १२४ जनाको डीएनए परीक्षण भए पनि नतिजा शून्य छ।
काठमाडौं ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन। अहिले गृहमन्त्री रहेका रमेश लेखकले गृहमन्त्री हुनुअघि हत्यारालाई संरक्षण गरिएको बताएका थिए। तर उनी गृहमन्त्री बनेको एक वर्ष पुग्दा समेत घटनामा कुनै ठोस प्रगति भएको छैन।
गृहमन्त्री लेखक स्वयं कञ्चनपुरकै हुन् र घटनालाई गम्भीर रूपमा लिएको बताउँदै आए पनि पीडित परिवारले न्यायको आशा गुमाउन थालेका छन्। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार सीआईबीको टोली कञ्चनपुरमा बसेर अनुसन्धान गरिरहेको छ, तर सफल परिणाम आउन सकेको छैन।
७ वर्षमा पाँच गृहमन्त्री, छ प्रहरी प्रमुख फेरिए, ६०० भन्दा बढीसँग सोधपुछ र १२४ जनाको डीएनए परीक्षण भए पनि नतिजा शून्य छ। यो प्रकरणकै अनुसन्धानमा ३३ लाखभन्दा बढी खर्च भइसकेको छ। यति लामो समयसम्म न्याय नपाउँदा पन्त परिवार अब निराश भएको छ।











प्रतिक्रिया