काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अधिकांश स्थानमा गर्मी यथावत् रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले लुम्बिनी, कर्णाली, र सुदूरपश्चिमसहित पहाडी भू-भागमा सामान्य बदली छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ।
बागमती, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी भू-भागका केही र तराईका थोरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी र मधेस प्रदेशमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।
राति पनि कोशी, बागमती, गण्डकीलगायतका पहाडी क्षेत्र र केही तराई भू-भागमा चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।











प्रतिक्रिया