नवलपरासी।
राष्ट्रिय गौरवको नारायणगढ बुटवल सडक बिस्तार तथा निर्माणका लागि सडक विभागले चौथो पटक म्याद थप्ने तयारी गरेकाे छ।
सडक निर्माणकाे जिम्मा पाएको ठेकदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन प्रा.लि. बेइजिङ्गले तेश्राे पटककाे निर्धारित समयमा पनि काम नसकेपछि विभाग पुन: म्याद थपको स्थितिमा पुगेको हाे ।
निमार्ण कम्पनीको माग बमाेजिम सडक आयोजना निर्देशनालयले १ वर्ष म्याद थपका लागि फाइल पेश गरेकाे बिभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।
उनका अनुसार सन २०२२ काे जुन २२ मा काम सक्ने गरी १९ डिसेम्बर २०१८ मा सम्झाैता भएकाे यस आयाेजनाकाे भौतिक प्रगति हाल सम्म ६९.३३ प्रतिशत रहेको छ ।
कार्यारम्भकाे ४२ महिना २०७९ भित्र निर्माण सक्ने जिम्मेवारी लिएको ठेकेदार कम्पनीले हाल सम्म पनि काम नसकेर ढिलाई गरी रहँदा सरकार,आयोजना तथा स्थानीय जनप्रतिनिधिले समेत आलाेचना खेपिरहेकाछन् ।
यसै सम्बन्धमा नारायणगढ-बुटवल सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालले सडक निर्माणमा दाउन्ने खण्ड, केही पुल र त्यस आसपासका ठाउँ बाहेक अधिकांश क्षेत्रका धेरै काम सकिएकोले अब लामाे नगरी १ वर्ष मात्र म्याद थपको प्रस्ताव गरिएकाे बताए ।
ढकालका अनुसार दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले काम गरिरहेको र पहिला भन्दा यातायात संचालनमा सहजता आएकाे छ आउदाे केही दिनमै सम्बद्ध पक्षको बैठक बसेर म्याद थपको निर्णय हुने छ ।
निर्धारित समयमा निर्माण कम्पनीले काम नसकेर बारम्बार म्याद थपको स्थिति बनी रहँदा पनि आयोजना कार्यालयले ठेक्का अन्तकाे प्रस्ताव भने गर्न सकि रहेको छैन् ।
झण्डै ७ वर्ष देखि सडक बिस्तार निर्माणमा भएकाे ढिला सुस्तीले धुलाे,हिलाे र घर अगाडी खनेर छाडेका खाडल तथा सटर पसल नै छेकिने गरि मिल्किएका गिटी बालुवा तथा माटाका थुप्राले आजित स्थानीय,सडक यात्रु एवं सवारी चालक म्याद थपका बिषयले आक्राेसित देखिन्छन् ।
ठेक्का रद्ध हुँदा व्यहाेर्नु पर्ने कानुनी झन्झट, हात लाग्ने केवल १० प्रतिसतकाे माैज्दाति,नयाँ परमर्सदाताकाे छनाैट ,बिदेशी मध्यस्तकर्ता कहाँ धाउनुकाे झन्झट,मुद्दा मामिला,राष्ट्रिय राजमार्गै अवरुद्ध हुने जाेखिम र बजेट व्यवस्थापनमा कठीनाईले आयोजना, म्याद थपकै पक्षमा देखिएकाे जानकारहरू बताउँछन् ।
आयोजना निर्देशनालय पनि यसै निर्माण कम्पनीलाई समयमा काम सक्न दबाब दिने, सचेत गराउने (नाेटिस फर करेक्ट) समस्या परेका ठाउँमा समन्वय गरिदिदै फकाउने र छिटाे काम सकाउने रणनीतिमा रहेको बुझिएको छ ।
लामाे समय अवधि हुँदा सिर्जित विविध अवस्था र भई रहेको लागत बृद्धिलाई देखाउदै निर्माण कम्पनीले निर्माणमा यन्त्र उपकरण थप्नुकाे साटाे त्यसैले जेनतेन काम चलाउने र तय भएकै निर्माणका कति पय काम पनि घटाउने गरेकाे स्थानीय तथा सराेकारवालाहरू बताउछन् ।
स्थानीयहरूले कतै ६ लेन नै घटाईएकाे,अपडाउन नमिलाइएकाे, डिजाईन संसाेधनका नाममा नाला निकास टालिएकाे,वन्यजन्तु मैत्री पुल पर्याप्त नराखिएकाे जस्ता कुरामा चिन्ता व्यक्त गरेकाछन् ।
बताइए अनुसार वन्यजन्तुकाे सहज आवत जावतका लागि भनिएका ४३ पुल मध्ये २० ओटा साबिककै अवस्थामा रहेको र बाँकी २३ मा जीव जनावर मैत्री क्रस राेड ओयका हिसावले खासै काम नभएको बुझिएको छ ।
निर्माण कम्पनीले एकाध ठाउँमा राेप डिजाईनका प्रविधि जडान गर्ने बताइए पनि जनावर मैत्री आधुनिक शैलीकाे बाटा बनाउन भने राज्यकै जिम्मेवारी बन्ने देखिएकाे सराेकारवालाहरू बताउछन् ।
दाउन्ने पहाडमा पश्चिम तर्फ ३ किमी,ठाउँ ठाउँमा एकतर्फी ढलान र अन्यत्र पूर्व पश्चिमकै धेरै ठाउमा एक तथा दुई तर्फी पिचकाे काम भएकाले यात्रामा केही सहजता आएकाे यात्रुहरूले बताएकाछन् ।
कुल १ सय १३ किलाे मिटरकाे याे सडक ७० किमि ४ लेनमा स्तराेन्नती,२९ किमी ६/६ मिटरकाे सर्भिस ट्याक सहित ६ लेन र दाउन्ने पहाड खण्डमा १४ किमि ३ लेनमा सडक बिस्तारकाे जिम्मेवारी निर्माण कम्पनीकाे रहेको छ ।
यसै गरि ६४ पुल,७ सय ७४ कल्भर्ट,१ सय ६ किमि नाला निर्माणका लागि सडककाे कुल लम्बाई लाई पूर्व र पश्चिम २ खण्डमा बिभाजन गरि सडक स्तराेन्नती गर्न निर्माण कम्पनीसंग ठेक्का सम्झाैता भएकाे थियाे ।
सडक निर्माण कार्य अन्तरगत ९ अर्व १३ करोड १८ लाख ९५ हजार ६ सय ३५ रुपैयाँमा ठेक्का लागेको पूर्वी खण्डको हाल सम्मकाे वित्तीय प्रगति ६२.३५ रहेको छ भने ७ अर्व ८६ करोड ३४ लाख १ हजार २ सय १६ रुपैयाँ लागतको पश्चिम खण्डको वित्तीय ६२.४५ र भौतिक ६९.०३ प्रतिशत प्रगति रहेको सडक बिभागकाे तथ्यांकमा उल्लेख छ ।
दुवै खण्डको ठेक्का एउटै निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनकै रहेको विभागले जनाएको छ ।











प्रतिक्रिया