काठमाडौं ।
भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट घरेलु कामदारका रूपमा कुवेत जान लागेका ४७ जना नेपाली महिला अवैध रूपमा विदेश जान लागेको थाहा पाएपछि नेपाली दूतावास, नयाँ दिल्लीको पहलमा उनीहरूलाई नेपाल फर्काइएको छ।
उनीहरूले आवश्यक कागजात तथा NOC नबोकेका कारण कुवेत जान रोक लगाइएको हो। यसरी रोकिनेमा अघिल्लो दिन पनि ४७ जनाको समूह थियो। दूतावासले भारतीय अध्यागमन तथा अन्य निकायसँग समन्वय गरी उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाएको हो।
मानव तस्करी रोकथाम तथा अवैध आप्रवासन नियन्त्रण गर्न दूतावासले नागरिकहरूलाई कानुनी प्रक्रिया अवलम्बन गर्न आग्रह गर्दै घरेलु कामदारका रूपमा जान प्रतिबन्ध गरिएको जानकारी दिएको छ।












प्रतिक्रिया