उदयपुर अस्पताल पुनःकोशी प्रदेशको उत्कृष्ट अस्पताल

1.03k
Shares

उदयपुर ।

उदयपुरको जिल्ला अस्पताल कोशी प्रदेश सरकारको मुल्याङ्कनमा पुनः उत्कृष्ट अस्पतालका रुपमा घोषित भएको छ । यस अघि २०७९।०८०को मुल्याङ्कनमा पनि उदयपुर जिल्ला अस्पताल ९० प्रतिशत अंकका साथ कोशी प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा परिचित भएको थियो ।

अस्पतालले दिने सेवा सुविधा, सरसफाई, बिरामीहरुको उपचारमा छिटो, छरितो र सहजताका साथै अस्पतालमा विभिन्न प्रकारका विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएपछि बिरामीहरुको चाँप बढेको छ ।सेवामा प्रतिवद्धता, व्यवस्थापनमा सुधार गरेपछि अस्पतालको मुल्याङ्कनमा राम्रो अंक पाएको हो ।

उदयपुर जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार कोशी प्रदेश सरकारले प्रदेशका सबै अस्पतालहरुको न्युनतम सेवा मापदण्ड वर्षको २ पटक लेखा जोखा परीक्षण गर्ने कार्यक्रम अनुसार उदयपुर जिल्ला अस्पतालले आर्थिक वर्ष २०८१।०८२को दोश्रो लेखाजोखा मा ९४।प्रतिशत अंक हासिल गरेर प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा उभिएको हो ।

उदयपुर जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति उदपुरका प्रमुख गौर बहादुर बिश्वकर्माले कोशी प्रदेशमा जिल्ला अस्पताल उदयपुर यो वर्ष मात्र होइन गत वर्ष पनि पहिलो भएको बताउँदै गत वर्ष न्युनतम मापदण्ड पुरा गर्ने क्रममा ९० प्रतिशत अंक ल्याएर पहिलो भएको र यस वर्षको मुल्याङ्कनमा ९४ प्रतिशत अंक ल्याएर पहिलो भएको बताए ।

अस्पतालका सूचना अधिकारी पाण्डेले ५० बेडको उदयपुर जिल्ला अस्पताल कोशी प्रदेशकै प्रमुख अस्पतालका रुपमा रहेको छ भने एमडिज्पिि सेवा, फिजिसियन सेवा तथा हालसम्म ३० जनालाई मृगौला रोगको डायलासिस सेवा दिएको र मगौला रोगबाट पीडित भएका अन्य जिल्लाका रोगीको समेत उपचार गरिएको छ ।

जिल्ला अस्पताल उदयपुरमा हाल महिला तथा स्त्रीरोग विशेषज्ञ सेवा, प्रसुती रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बालरोग विशेषज्ञ सेवा, दाँतरोग विशेषज्ञ सेवा,हाडजोनी तथा नसा रोग विशेषज्ञ सेवा तथा अन्य सामान्य सेवा प्रदान गर्दै आएको छ ।
यसैगरी एमसिएच क्लिनिक मार्फत नियमित खोप सेवा सैचालन, पोषण, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरु संचालन हुँदै आएको सूचना अधिकारी पाण्डेले बताए ।

अस्पतालका स्त्री तथा प्रसुती रोग विभागका डा।मुकेश कुमार झाले अस्पतालमा महिलाका रोग बढी भएका बिरामी बढी आउने गरेकोले २०देखि २५ वटा बेड स्त्री तथा प्रशुती रोग विभागकालागि संचालनमा रहेको जानकारी दिंदै धेरै जसो बिरामीहरु प्रसुती सेवा लिन आउने गरेको र स्त्री तथा प्रसुती रोग बाहेकका अरु बिरामीहरु पनि सेवा लिन आउने गरेको बताए ।

अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्माले अस्पतालमाका सेवाहरु विशेषज्ञ सेवा रहेको र डाक्टर कर्मचारी सबै दरबन्दी अनुसार रहेकोले सेवा प्रवाहमा सहजता भएको छ । डाक्टर तथा कर्मचारीको टिम मिलेकोले पनि काम गर्न सजिलो छ । आफूले बेला मौकामा अस्पतालमा गएर काम गराई हेरेको छु ।

समन्वय र सहकार्यका साथमा काम गरेको छ । अस्पतालका समस्याका बारेमा छलफल, स्टाफ मिटिङ गरेर विभागका इन्चार्जहरु बोलाएर आवश्यक कुरा तथा समस्या समाधानमा ध्यान दिएको बताए ।