काठमाडौं ।
नेपाली सेनाको नगरकोटस्थित वार कलेजमा सञ्चालित सि।सं। ६ अल आर्म्स कमाण्ड तथा स्टाफु तालिममा सहभागी ४६ जना अधिकृतहरूले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको अवलोकन भ्रमण सम्पन्न गरेका छन्।
अवलोकन भ्रमणका अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले तालिमरत सैनिक अधिकृतहरूलाई स्वागत गरे। भ्रमण टोलीले प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र नेपाल प्रहरी सङ्ग्रहालयको समेत अवलोकन गरेका थिए।

कार्यक्रमको औपचारिक सेसनमा नेपाल प्रहरीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले ‘नेपाल प्रहरीको परिचय, विकासक्रम, कर्तव्य, वर्तमान अवस्था र नेपाली सेना–प्रहरीबीचको सहकार्य’ विषयमा विस्तृत प्रस्तुतीकरण गरे । अन्तरक्रियात्मक सत्रमा सहभागी अधिकृतहरूले राखेका विविध जिज्ञासाहरूको उनले स्पष्ट व्याख्या गरे।
भ्रमण समापनको क्रममा सेनानी मनोज सुबेदीले सहभागी सैनिक अधिकृतहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गरे।

नेपाल प्रहरी र नेपाली सेनाबीचको आपसी समन्वय, समझदारी र पेशागत सहयोगलाई अझ बलियो बनाउने उद्देश्यसहितको यस्तो भ्रमणले दुई सुरक्षा निकायबीचको सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ।











प्रतिक्रिया