बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा खण्ड । गत असोज दोस्रो साताको बाढीले राजमार्ग भत्काएपछि रोशीखोला किनारमा अस्थायी सडक बनाएर यातायात सञ्चालन गरिएको छ ।
काठमाडौं ।
२०८१ असोजको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको भकुण्डेबेंसीदेखि नेपालथोकसम्म ३०.५ किलोमिटर क्षेत्रमा दुई लेन सडक निर्माण कार्य सुरु गरिएको छ।
हालसम्म २५ किमि खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। पिप्लेदेखि डालाबेंसीसम्म २.३ किमि र बर्खेखोलादेखि नेपालथोकसम्म ५ किमिको खण्डमा ठेक्का सम्झौता सम्पन्न भइसकेको छ।
बर्खामा सडक अबरुद्ध हुन नदिन अस्थायी काम सुरु भइसकेको र निर्माण व्यवसायी, इन्जिनियरहरू फिल्डमै खटिइसकेको संघीय सडक सुपरिवेक्षण कार्यालयले जनाएको छ।
स्थायी निर्माण बर्खापछि भदौ अन्तिमतिर सुरु हुनेछ।बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।












प्रतिक्रिया