कुलिङ अफ पिरियडमा समिति निष्कर्ष नजिक


काठमाडौं ।

कुलिङ अफ पिरियडसम्बन्धी गडबडीबारे छानबिन गर्न बनेको सात सदस्यीय संसदीय विशेष समितिले सोधपुछलाई अन्तिम चरणमा पुर्‍याएको छ।

समितिले मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, संसद सचिवालयका पदाधिकारी, राजनीतिक दलका प्रमुख सचेतकलगायतसँग सोधपुछ गरिसकेको छ। अब समितिले प्रतिवेदन लेख्ने तयारी गरिरहेको छ।

सरकारी कर्मचारीले अवकाशपछि दुई वर्षसम्म नियुक्ति नपाउने व्यवस्था विधेयकमा भए पनि त्यसको प्रभाव कार्यान्वयनमा नपर्ने गरी भाषा समेटिएको आशंकामा छानबिन समिति गठन गरिएको हो।

जीवन परियारको नेतृत्वमा रहेको समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू सहभागी छन्।