चिकित्सक संघको सरकारलाई चेतावनी : सहमति कार्यान्वयन गर


काठमाडौं ।

नेपाल चिकित्सक संघले सरकारसँग भएको तीन बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा भएको सहमति अन्तर्गत उपभोक्ता संरक्षण ऐनलगायत कानुनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।

संघले विज्ञप्ति जारी गर्दै सहमति पालना नभए भविष्यमा सरकारका प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने चेतावनी दिएको छ ।