काठमाडौं ।
पूर्वराजदूत टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा सक्रिय हुन संविधानले कुनै रोक नलगाएको बताएका छन्। सामाजिक सञ्जालमार्फत कार्कीले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिको मझेरी टेक्न नहुने भन्ने धारणा अस्वीकार गर्दै पूर्व उच्च पदस्थ व्यक्तिहरू पनि पार्टी राजनीतिमा फर्किएको उदाहरण प्रस्तुत गरेका छन्।
उनले लेखेका छन्, “रामचन्द्र पौडेल र सुवास नेम्वाङ सभामुखबाट फर्किएपछि क्रमशः काँग्रेस र एमालेमा फर्किए, उपराष्ट्रपति हुँदा नन्दबहादुर पुन माओवादी उपाध्यक्ष नै थिए, आकाश खसेको थिएन।” साथै, कार्कीले बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री भइसकेको प्रसंग पनि उठाएका छन्।
उनको तर्क छ— राष्ट्रपतिको पदमा हुँदा दलनिरपेक्षता आवश्यक भए पनि पूर्वराष्ट्रपतिको हकमा त्यो सर्त लागु हुँदैन। संविधानले नरोकेको अवस्थामा राजनीतिले पूर्वराष्ट्रपतिलाई रोक्न मिल्दैन भन्ने उनको भनाइ छ।











प्रतिक्रिया