सुनको मूल्यमा भारी गिरावट, तोलामा २,४०० रुपैयाँले घट्यो


काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा तोलामा २,४०० रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १,९७,६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर १,९५,२०० रुपैयाँमा झरेको हो।

यस्तै, १० ग्राम छापावाल सुनको मूल्य १,६७,३३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि घटेर तोलामा २,३५० बाट २,३३५ रुपैयाँमा झरेको छ।