फिल्म अभिमन्यु : च्याप्टर १ को मोसन टिजर सार्वजनिक गरिएको छ। टिजरले पैसाका लागि हुने संघर्ष, प्रलोभन र त्यसले निम्त्याउने चक्रव्यूहको संकेत गरेको छ।टिजर मोरङ जिल्ला कारागारअगाडि चुरोट सल्काउदै गरेका एक व्यक्तिको दृश्यबाट शुरू हुन्छ। त्यसपछि टस गरिएको सिक्का एक चक्रको केन्द्रमा पुगेर रोकिन्छ, जहा एक पजल खुल्दै जान्छ। सो पजलमा क्रमशः चक्कु, पहेलो वस्त्रधारी चार व्यक्ति, आगो र व्यागबाट उडिरहेको नोट देखाइएको छ। दृश्यहरू क्रमशः द्रुत गतिमा अघि बढ्दै टिजर सकिन्छ।
भदौ २७ गते प्रदर्शनमा आउने फिल्मको हिन्दी संस्करण असोज ६ गते विश्वव्यापी रूपमा रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी गराए। सेभेन सिज सिनेमाको ब्यानरमा विनोद पौडेल र गुञ्जन गिरीले निर्माण तथा सुशान्त गौतमले डेब्यु निर्देशन गरेको फिल्मको कथा मुकेश खनालले लेखेका छन् भने मदन थापा क्रिएटिभ निर्देशक रहेका छन्। कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा रहेको फिल्मले नेपाली दर्शकमाझ रहस्य, द्वन्द्व र संघर्ष मिश्रित कथावस्तु प्रस्तुत गर्ने छ।











प्रतिक्रिया