काठमाडौं ।
पोखरा जग्गा घुस प्रकरणमा मुछिएका एमालेका दुईमध्ये एक भूमिसुधार मन्त्री अझै पदमै रहँदा एमालेले भूमि विधेयक फास्ट ट्र्याकबाट पास गर्ने प्रस्ताव अघि सारेको विषयले गम्भीर शंका उत्पन्न गरेको छ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यस्तो अवस्था सुशासनको नमूना नभएको बताउँदै, मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलियामाथि निष्पक्ष छानबिनको माग गरेका छन्।
उनले भूमि विधेयकमाथि संसदीय समितिमा गहिरो छलफल हुनुपर्नेमा पनि जोड दिएका छन्। कोइरालाले यो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।












प्रतिक्रिया