संसदमा बुधबार प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने


काठमाडौँ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार भोलि (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छ।