ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित २ चिनियाँ नागरिक पक्राउ


काठमाडौं ।

ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।