काठमाडौँ ।
४३ औँ वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा विचार गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति अस्पताल, वीपी कोइराला स्पोर्टस एकेडेमी तथा खेलकुद विभागको संयुक्त आयोजनामा भएको हो।
बसुन्धारामा आयोजित कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान र फलफूल वितरणजस्ता सामाजिक गतिविधिहरू पनि सञ्चालन गरिएको थियो। देशभर विविध कार्यक्रममार्फत प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको योगदानलाई स्मरण गरिएको छ।

















प्रतिक्रिया