वि.पि. दिवस आज देशभर मनाइँदै


काठमाडौं ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद वि.पि. कोइरालाको ४३औं स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

वि.पि. कोइरालाले प्रजातन्त्र, राष्ट्रियता र समाजवाद स्थापनाका लागि निर्णायक भूमिका निर्वाह गरेका थिए। विसं २०१५ को आमनिर्वाचनमा दुई तिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका उनले भूमिसुधार, बिर्ता उन्मूलनजस्ता ऐतिहासिक कदम चालेका थिए।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका कोइरालाको राजनीतिक दृष्टिकोण आज पनि सान्दर्भिक मानिन्छ। नेपाली साहित्यमा पनि उनका सुम्निमा तीन घुम्ती नरेन्द्रदाई जस्ता कृतिहरू प्रसिद्ध छन्।

वि.पि. कोइरालाको निधन विसं २०३९ साउन ६ गते भएको थियो।