चाक्सीवारिमा कांग्रेस संस्थापन पक्षका शीर्ष नेताको चियापान


काठमाडौं । 

चाक्सीवारीस्थित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शीर्ष नेताहरूबिचमा भेटघाट भएको छ। अब आउन लागेको १५ औँ महाधिवेशनको पूर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक अन्य ६ जना नेता चाक्सीवारिमा पुगेका हुन् ।

सो छलफलमा उपप्रधान तथा सहरी बिकासमन्त्रीसमेत रहेका सिंहसहित शशांक कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत र विजयकुमार गच्छदारको उपस्थिति रहेको छ।

संस्थापन पक्षका शीर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्नु पर्ने भन्दै दबाब बढाइरहेको बेला यो भेला भएको हो ।