काठमाडौँ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत सुधार र राज्यको सोच्ने तरिकामा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
सोमबार नेपाल उद्योग परिसंघ सीएनआई का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा उनले निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै सहजीकरणमैत्री नीति आवश्यक रहेको बताए । ‘राज्यले दु:ख होइन, सहजता दिने मनोवृत्ति विकास गर्नुपर्छ,’ उनले भने ।
सीएनआईका पदाधिकारीहरूले पनि आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको र प्रचण्ड प्रधानमन्त्री हुँदा सहकार्य वातावरण सकारात्मक रहेको उल्लेख गरे ।











प्रतिक्रिया