काठमाडौँ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ। च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु भएको हो।
पार्टी जिम्मेवारीमा फर्कने भण्डारीको चाहानामा ओली बाधक बनेको भन्ने चर्चा बिचमा यो भेटघाट भईरहेको हो । हिजो मात्रै सम्पन्न एमाले पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता नवीकरण नगरी पेन्डिङमा राखेको जानकारी दिएको थियो ।
तर, भोली देखी सुरु हुने केन्द्रीय समिति बैठक अगावै भण्डारी र ओली बिचको भेटवार्तालाई यतिखेर नेपाली राजनीतिमा अर्थपूर्ण तरिकाले हेरिएको छ।











प्रतिक्रिया