काठमाडौँ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छन्। ७ वर्ष राष्ट्रपति भएपछि पुनः एमालेको राजनीतिमा फर्किएको घोषणा गरेको तीन हप्तापछि भण्डारी आइतबार पार्टीको केन्द्रीय कार्यालय पुगेकी हुन् । च्यासलमा चार बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग उनले भेट गर्ने छिन् ।
यसअघि दिउँसो ३ बजेलाई तय भएको भेटवार्ताको समय चार बजेलाई सारिएको छ।
भण्डारीको सचिवालयका अनुसार एमालेमा सक्रिय हुनेबारे ओली र भण्डारीबीच कुराकानी हुनेछ ।











प्रतिक्रिया