पहिरोमा पुरिएका दम्पतीको शव भेटियो


पर्वत।

पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिदेखि परेको अविरल वर्षा का कारण आएको पहिरोमा विक दम्पती परेका थिए ।

दुवै जनाको शव पोस्टमार्टमको लागि पर्वत अस्पताल ल्याउदै गरिएको प्रहरीले जनाएको छ।

राति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ । स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।