काठमाडौं ।
नेपाल र भारतबीच गृहसचिवस्तरीय छलफल मंगलबार नयाँ दिल्लीमा हुँदैछ। छलफलका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सोमबार भारत प्रस्थान गर्नेछ।
छलफलमा सीमा सुरक्षा, क्रस बोर्डर अपराध, सूचना संयन्त्र, लागुऔषध नियन्त्रण, चोरी तस्करी र पारस्परिक कानुनी सहायता (MLA) लगायत विषयमा कुराकानी हुनेछ।
सन् २०१६ यता पहिलो पटक हुन लागेको यो वार्तामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, परराष्ट्र तथा कानून मन्त्रालय र नापी विभागका उच्च अधिकारीहरु सहभागी हुनेछन्।











प्रतिक्रिया